बंगलादेश क्रिकेट बोर्डको नयाँ अध्यक्षमा फारुख अहमद

बंगलादेश क्रिकेट बोर्डको नयाँ अध्यक्षमा फारुख अहमद


काठमाडौैं । पूर्वक्रिकेटर तथा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)का चिफ सेलेक्टर फारुख अहमद नियुक्त भएका छन् । निर्वतमान अध्यक्ष नजमुल हसनले राजीनामा दिएपछि अहमदले बोर्डका अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

हसनले बुधबार बोर्डको अध्यक्षको पद त्याग्ने बताएपछि बोर्डको नयाँ अध्यक्षको रुपमा अहमदले जिम्मेवारी सम्हाल्ने भएका हुन् । हसनले बीसीबीमा रही आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेका थिए ।

फारुखले बंगलादेशका लागि सन् १९८८ देखि १९९९ सम्म ७ वटा एकदिवसीय खेल खेलेका थिए । उनले १९९४ मा आइसीसी ट्रफीमा बंगलादेशको नेतृत्व सम्हालेका थिए ।