सुनचाँदीको मूल्य घट्यो, आज तोलाको कति ?

सुनचाँदीको मूल्य घट्यो, आज तोलाको कति ?


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।