काठमाडौं । नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी सञ्चालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण सुरु गरेको छ । परिसंघले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा घोषणा गरिएका अर्थतन्त्र एवं निजी क्षेत्रसँग सम्बन्धित विषयहरुसहितको पुस्तिका सार्वजनिक गर्दै यसवर्षको पहिलो कार्यक्रम गरेको छ ।
सो कार्यक्रम नेपाल सरकारका मुख्यसचिव लीलादेवी गडतौला विभिन्न मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशक एवं उच्च सरकारी अधिकार, उद्योगी व्यवसाय लगातको उपस्थिती थियो ।
मुख्यसचिव गडतौलाले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन् । उनले बजेट वाच पहलमार्फत परिसंघले सरकार एवं निकायहरुलाई सहयोग गरेको भन्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अन्य आर्थिक वर्षको तुलनामा प्रभावकारी हुने जानकारी दिइन् ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटको सफल कार्यान्वयनबाट नै पूँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विस्तार भई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न बजेटको सफल कार्यान्वयन अति आवश्यक रहेको बताए ।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था र त्यसको कार्यान्वयनका विषयमा गरिनुपर्ने कामका विषयमा प्रस्तुतीकरण दिएका थिए ।
सो कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेय, संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसहित विभिन्न मन्त्रालयका सहसचिव, विभिन्न विभागका महानिर्देशक एवं उच्च सरकारी अधिकारी, उद्योगी व्यवसायीको सहभागित थियो ।
प्रतिक्रिया