सिधाकुरा डटकम विरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

सिधाकुरा डटकम विरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै


काठमाडौं । सिधा कुरा डटकमविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै छ ।

९ जना न्यायाधीश सम्मिलित वृहत पूर्ण इजलासले सुनुवाइपछि बिहीबारका लागि निर्णय सुनाउने मिति तोकेको थियो । कपोकल्पित समाचार लेखेर सर्वोच्च अदालतका न्यायाधीशसमेतको मानमर्दन गरेको भन्दै सर्वोच्च अदालतका उपरजिष्टार गोविन्दप्रसाद घिमिरेले सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल, सम्पादक नवीन ढुंगानासहितविरुद्ध अवहेलनामा कारबाहीको माग गर्दै रिट दायर भएका थिए ।

त्यही सामग्रीलाई लिएर उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी मुद्दा दायर भइसकेको छ ।