एक वर्षमा मोबाइल बैंकिङ्गबाट ३ खर्ब ७३ अर्ब बढीकाे काराेबार

एक वर्षमा मोबाइल बैंकिङ्गबाट ३ खर्ब ७३ अर्ब बढीकाे काराेबार


काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ मा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ पुगेको छ। अघिल्लो वर्ष मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड १३ लाख ६३ हजार ९८९ रहेको थियो।

समीक्षा वर्षमा मोबाइल बैंकिङ्गको प्रयोग गरेर ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो वर्ष यस्तो कारोबार २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबरको भएको थियो।

यस्तै, समिक्षा अवधिमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा संख्या १९ लाख १९ हजार ३२२ पुगेको छ। अघिल्लाे वर्ष इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता १८ लाख ५६ हजार १९५ रहेको थियो। साे समयमा इन्टरनेट बैंकिङ्गबाट १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।