पूर्वशिक्षामन्त्रीले दिइन प्रधानमन्त्रीओलीलाई सेनापतिको संज्ञा

पूर्वशिक्षामन्त्रीले दिइन प्रधानमन्त्रीओलीलाई सेनापतिको संज्ञा


काठमाडौं । पूर्वशिक्षामन्त्री सुमाना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेनापतिको संज्ञा दिएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रुपमा प्रधानमन्त्रीले बोल्दै हिँडेको आरोप लगाइन्।

उनले भनिन्, विभागीय प्रमुख पदको लागि दलीय राजनीतिले त्रिविमा दुर्दशा निम्त्याएको छ। यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ। विवाद भएका विश्वविद्यालयका कुलपति को ? प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमाबाट माग गर्नुपर्ने त्यो परिषद्को कप्तान को ? प्रधानमन्त्री, साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परिक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख र प्रशासन मुकदर्शक त्यसको माउ पार्टीको अध्यक्ष को अहिलेको प्रधानमन्त्री। शिक्षालयमा अहिले दल चाहिन्छ भनेर सेनापतिको रुपमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ भन्ने शिक्षक र प्राध्यापकले राजीतिक गर्नुपर्छ भन्ने पनि प्रधानमन्त्री।’

उनले आफ्नो शिक्षामा पार्टी दलीय राजनीति मुक्त बनाउने अभियानमा रहेको बताए।