पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध ३१ वटा मुद्दा दायर

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध ३१ वटा मुद्दा दायर


काठमाडौं । बङ्गलादेशमा नयाँ सरकार गठन भएदेखि अहिलेसम्म पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध ३१ वटा मुद्दा दायर भएकाे छ । हसिनाविरुद्ध हिजो थप नाै वटा मुद्दा दायर भएसँगै अहिलेसम्म ३१ वटा मुद्दा पुगेको हो । दर्ता भएका मुद्दामा २६ हत्या, चार नरसंहार र एउटा अपहरणका मुद्दा रहेका बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

शेख हसिनाको पालामा सन् २०१० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) स्थापना भएको थियो । यो न्यायाधीकरण सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनका क्रममा भएको हिंसाको छानबिन गर्न स्थापना गरिएको थियो । बङ्गलादेशको अन्तरिम सरकारले हसिनाविरुद्ध परेका उजुरीहरूको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको निगरानीमा छानबिन गर्ने बताएको छ ।

अन्तरिम सरकारका कानूनी सल्लाहकार प्राध्यापक आसिफ नजरुलले शेख हसिनालाई कमाण्ड दिने जिम्मेवारी रहेको भन्दै विद्यार्थी आरक्षण आन्दोलनका क्रममा ज्यान गुमाएका घटनामा हसिनाको भूमिकाको छानबिन गरिने बताउनुभएको खबरमा उल्लेख छ ।