६ अंकले बढ्यो नेप्से, १९ अर्ब बढीको कारोबार

६ अंकले बढ्यो नेप्से, १९ अर्ब बढीको कारोबार


काठमाडौं–बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ अर्बले बढेको छ । नेप्से ०.२० प्रतिशतले बढेर २९७४.४६ विन्दुमा पुगेको छ । दुई दिन सार्वजनिक विदामा बन्द रहेको नेप्से बुधबार बजार खुल्दा २ अंकले बढेको थियो । आज नेप्से ६ अंकले बढेसँगै कारोबारमा पनि बढोत्तरी भएको छ ।

आज १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँ बराबरको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेले ३ पटकसम्म ३ हजारको विन्दु पार गरे पनि बजार बन्द हुँदा भने १९७४ विन्दु मात्र कायम भएको छ ।

नेप्से बढ्दा विकास बैंकमा लगानीकर्ताको अकर्षण देखिएको छ । आज विकास बैंक ४.५२ प्रतिशतले बढेर ५९३०.१७ विन्दुमा पुगेको छ । १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ५ समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह घटेको छ ।

आज ३३३ वटा कम्पनीको शेयर २ लाख १६ हजार ४५५ पटक किनबेच हुँदा १३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ