धितोपत्रसम्बन्धी ऐनको दफा ले निर्दिष्ट गरेको कानुनी प्रक्रिया बमोजिम अध्यक्ष नियुक्ति हुने अर्थमन्त्रीको दाबी

धितोपत्रसम्बन्धी ऐनको दफा ले निर्दिष्ट गरेको कानुनी प्रक्रिया बमोजिम अध्यक्ष नियुक्ति हुने अर्थमन्त्रीको दाबी


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्रसम्बन्धी ऐनको दफा ७ ले निर्दिष्ट गरेको कानुनी प्रक्रिया र विधिबमोजिम अध्यक्ष नियुक्ति हुने दाबी गरेका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पौडेलले यस्तो दाबी गरेका हुन् ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न नसक्ने उनको भनाइ छ । मिडियामा प्रकाशित समाचारअनुसार सांसदलाई धारणा नबनाउन उनले आग्रह गरे । बोर्ड अध्यक्ष नियुक्तिमा कुनै पार्टीका नेताले चाहेर निर्णय नहुने उनको दाबी छ ।

‘सिफारिस समितिले सिफारिस गरेबमोजिम अध्यक्ष नियुक्ति हुने व्यवस्था हो, कुनै पनि पार्टी वा पार्टीका नेताले चाहेर हुँदैन,’ पौडेलले भने ।

सेयर बजारलाई परिपक्व, अनुशासित र दीगो रूपमा विकास गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए । सोसल मिडियामार्फत ग्रुप बनाएर लगानीकर्तालाई भ्रमित नगरियोस् भन्नेमा ध्यान दिइएको उनको दाबी छ ।

निश्चित पूँजी भएका कम्पनीलाई धितोपत्र बजारमा अनिवार्य सूचीकरण हुनुपर्ने चालु आवको बजेटमा गरिएकाले उत्पादनका साधनमा पहुँच बढ्ने उनले बताए ।

दोस्रो बजारमा कारोबार गर्नेको संख्या २२ लाखभन्दा बढी रहेकाले पूँजी बजारमा कसैको एकाधिकार नरहेको उनको भनाइ छ ।