काठमाडौं । पृथ्वीराजमार्गको दमौली-मुग्लिङ सडक खण्डमा एकतर्फी यातायात सुचारु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलका अनुसार २४ घण्टा पछि राजमार्गमा यातायात सुचारु भएको हो ।
बुधबार दिउँसो व्यास –१२ घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । अवरुद्ध पृथ्वीराजमार्ग सुचारु गर्न आज बिहान ९ बजेदेखि पहिरो हटाउने कार्य सुरु गरिएको हो ।
पहिरो हटाउने कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पृथ्वीराजमार्ग सडक बिस्तार आयोजनाको जनशक्ति र सवारी साधनहरु प्रयोग गरिएको थियो ।
एकतर्फी रुपमा राजमार्ग सुचारु भएपछि रोकिन पुगेका सवारी साधनहरु सञ्चालनमा आएका छन् ।यसअघि मालवाहक सवारी साधन बाहेक अन्य सवारी साधनलाई वैकल्पिक मार्गबाट आवतजावत गरिएको थियो ।
प्रतिक्रिया