नवनियुक्त मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले गरे शपथग्रहण

नवनियुक्त मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले गरे शपथग्रहण


काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । न्यायाधिवक्ता काफ्लेले बिहीबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनलाई पाटन उच्च अदालत ललितपुरका मुख्य न्यायाधीश नृपध्वज निरौलाले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा वाग्मतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थिति रहेको थियो ।

निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता फरिन्द्र नेपालले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । रिक्त रहेको उक्त पदमा प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले भदौ २ गते नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री लामाको सिफारिसमा काफ्लेलाई नियुक्त गरेका थिए ।