ओमानका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्दै

ओमानका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्दै


काठमाडौं – ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज उच्च रानीतिक भेटवार्ता गर्दैछन् ।

परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हमादले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री राणासँग भेटवार्ता गर्न लागेका हुन् ।

आज बिहान ११ बजे होटल सोल्टीमा दुई देशका समकक्षीबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आजको भेटमा नेपाल र ओमानबीच श्रम सम्झौताका बारेमा पनि छलफल हुने जनाइएको छ ।

त्यसपछि विदेशमन्त्री हामदले दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग र अपरान्ह तीन बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई दिने भ्रमण सकेर हमाद आज साँझै स्वदेश फर्किनेछन् ।