रास्वपा केन्द्रीय समिति बैठक सुरु

रास्वपा केन्द्रीय समिति बैठक सुरु


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहानदेखि बैठक सुरु भएको हो । बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदैछ ।

बैठकमा मुकुल ढकालमाथि कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका ढकालमाथि अनुशासनको कारबाही गरी साधारण सदस्यबाट हटाउने विषयमा बैठकमा छलफल हुनेछ ।

यस्तै, आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रियदेखि स्थानीय भेला तथा प्रशिक्षणलगायतका एजेण्डामा छलफल गर्न लागिएको हो।