पहिरोले अवरुद्ध कान्तिलोकपथ र सिस्नेरी सडक खुल्यो

पहिरोले अवरुद्ध कान्तिलोकपथ र सिस्नेरी सडक खुल्यो


काठमाण्डौ – काठमाण्डौ–हेटौँडा जोड्ने छोटो दुरीको दुई वटा मार्ग सञ्चालनमा आएका छन् । हिजो बेलुका परेको पानीका कारण अवरुद्ध भएको कान्तिलोकपथ र भीमफेदी–सिस्नेरी–फर्पिङ सडक खण्ड सञ्चालनमा आएको हो ।

मकवानपुर प्रहरीका अनुसार भीमफेदी गाउँपालिका–८ महादेवटारको कान्तिलोकपथ वर्षाका कारण सडक माथिबाट लेदो पहिरो झरेपछि अवरुद्ध भएको थियो । हिजै बेलुका पहिरो पन्छाएर सडक खुलाईएको हो ।

यस्तै कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ रामचन्द्र भञ्ज्याङमा सडकमाथिबाट लेदो पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो । त्यहाँ पनि पहिरो पन्छाइसकेको प्रहरीले जनाएको छ ।