एकीकृत समाजवादीको पोलिटब्यूरोमा २०२ जना उम्मेदवार

एकीकृत समाजवादीको पोलिटब्यूरोमा २०२ जना उम्मेदवार


काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य बन्न २०२ जनाको उम्मेदवारी परेको छ ।

पोलिटब्यूरो सदस्यमा पदाधिकारीका उम्मेदवारहरु पनि प्रतिस्पर्धी छन् । पदाधिकारी पराजित भएपनि पोलिटब्यूरो सदस्य निर्वाचित हुने अवसरका निम्ति दोहोरो उम्मेदवारी परेको हो ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएकाले उनी पोलिटब्यूरो स्वतः भए । घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएर पाण्डेलाई निर्विरोध बन्न सहयोग गरेका हुन् ।

बाँकी १०४ जना पोलिटब्यूरोका निम्ति चुनाव हुनेछ ।