कैलालीमा नेकपा बहुमत निकट ६ जना पक्राउ

कैलालीमा नेकपा बहुमत निकट ६ जना पक्राउ


कैलाली । प्रहरीले नेकपा बहुमत निकट ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको आदेशअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई अत्तरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका ६ जनालाई अहिले जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ ।

अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र बोहोराले जानकारी दिए ।