काठमाडौं । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘केई’ का तीन वटा मोडेल सार्वजनिक गरेको छ ।
भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ का् अवसर पारेर कम्पनीले तीन वटा मोडेल सार्वजनिक गरेको हो ।
अटो शो उद्घाटन गर्न पुगेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती गाडीहरू सार्वजनिक गरेका हुन् ।
कम्पनीका अनुसार सार्वजनिक भएका नयाँ मोडेलमा ई–क्युट ०२, ई–क्युट ०४ र इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी छन् ।
ई–क्युट ०२ मोडल दुई भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ, जसमा २०० किलोमिटर रेन्ज दिने भेरियन्ट र ३०० किलोमिटर रेन्जको भेरिएन्ट छन् । जसको मूल्य क्रमशः १९ लाख ९६ हजार र २२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
ई–क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ भने अधिकतम टर्क ११० एनएम छ ।
त्यसै गरी ई–क्युट ०४, ३०० किलोमिटर रेन्जको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ भने ई–क्युट ०४ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।
त्यसै गरी तेस्रो मोडल एक्स३ प्रो ईभी इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरियन्ट उपलब्ध छ । डिलक्स भेरियन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरियन्टको ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ भने अधिकतम टर्क २८० एनएम छ ।
नाडा स्पेसल अफर अन्तर्गत केई गाडीको खरिदमा ग्राहकले ७.३ किलोवाटको वाल माउन्टेड चार्जरका साथै १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
नाडा अटो शोमा स्टल नम्बर एच–१६ बाट केई ब्रान्डबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया