एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित


काठमाडौं– नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन् । राई निर्वाचित भएसँगै उक्त पदमा प्रतिस्पर्धामा रहेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी छिन् । राई माधव नेपालको टिमबाट थिन् भने झाँक्री जलनाथ समूहबाट उम्मेदवार रहेकी थिइन्।