काठमाडौ । संघीय सहकारी विभागले श्वेतपत्र जारी गर्न सहकारीहरूलाई निर्देशन दिएको छ ।
सदस्यहरूको विश्वास र पारदर्शीताको माध्यमबाट मात्र सहकारी संस्थाको प्रभावकारिता र दिगोपना कायम रहने भन्दै सबै सहकारी संघसंस्थाहरूले अनिवार्यरूपमा श्वेतपत्र जारी गर्न निर्देशन दिएको हो ।
विभागले भनेको छ, ‘ढाँचा बमोजिम श्वेतपत्र तयार गरी आफ्ना सबै सदस्यहरूसमक्ष सहज रूपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्नु हुन र नियामक निकायले माग गरेको बखत उपलब्ध गराउने व्यवस्था गर्नु गराउनु हुन सहकारी नियमावली, २०७५ को नियम ७६ (१) (झ) बमोजिम निर्देशन जारी गरिएको छ ।’
सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्न गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले पनि श्वेत पत्र जारी गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो । सोही सुझाव कार्यान्वयनका लागि विभागले सबै सहकारीलाई श्वेतपत्र जारी गर्न भनेको हो ।
प्रतिक्रिया