अमुक ल फर्मले बनाएको विधेयक संसदमा ल्याएको भन्दै सांसद सुमना श्रेष्ठले उठाइन् प्रश्न

अमुक ल फर्मले बनाएको विधेयक संसदमा ल्याएको भन्दै सांसद सुमना श्रेष्ठले उठाइन् प्रश्न


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले अमुक ल फर्मले बनाएको विधेयक संसदमा ल्याएको भन्दै संसदमा प्रश्न उठाएकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले धितोपत्र ऐन संशोधन विधेयकको ‘अथर’को खोजी गर्न भनेकी छन् ।

‘संसदमा भएको विधेयक डाउनलोड गरेर त्यसको प्रोपटिज एकताली हेरौं, त्यसको ‘अथर’ को छ ? एउटा अमुक ल फर्मको नाम छ त्यसमा’ उनले भनिन् । यस्तो कसरी भयो भन्ने उनको प्रश्नछ ।

‘के अर्थ मन्त्रालयको वर्ड, माइक्रोसफ्ट वर्ड सबै त्यो ल फर्मले किनिदिएको हो कि ? त्यो विधेयक नै ल फममा गएर ड्राफ्ट भएको हो’ सांसद सुमनाको प्रश्न छ ।

उनी थप्छिन्, ‘यस्तो महत्वपूर्ण विधेयक । नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि ? सरकारले ड्राफ्ट गर्छ कि कुनै ल फर्मले ड्राफ्ट गर्छ ?’

आउट सोर्स गरेको भए त्यसको डकुमेन्ट दिनुपर्ने उनले बताइन् । ‘यदि यो धितोपत्र ऐन संशोधनको विधेयक एटा अमुक ल फर्ममा डेभलेप्ड गरेको भए खारेज गरेर फेरि अर्को दर्ता गर्नुपर्‍यो’ सांसद श्रेष्ठले भनेकी छन् ।

धितोपत्र सम्बन्धील संशोधन विधेयक अर्थमन्त्री विष्णु पौडेलले गत साउन ३१ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

पुँजी परिचालन तथा पुँजी बजारको विकास, लगानीकताएको हित, संरक्षण एवं नियमन लगायतका कार्यको लागि विधेयक ल्याइएको अर्थमन्त्री पौडेलले विधेयकमा उल्लेख गरेका छन् ।

‘धितोपत्र निष्कासन र व्यवस्थित कारोबार तथा धितोपत्र बजारको प्रभावकारी नियमन गर्न विद्यमान कानुनी व्यवस्थालाई समसामयिक संशोधन गर्न आवश्यक भएकोले’ विधेयक ल्याउनुपर्नाको कारणबारे अर्थमन्त्री पौडेलले विधेयकमा लेखेका छन् ।