एनआईसी एसियाका ग्राहकलाई यती एयरलाइन्सको टिकटमा छुट

एनआईसी एसियाका ग्राहकलाई यती एयरलाइन्सको टिकटमा छुट


काठमाडौं- एनआईसी एसिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एसिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । भिसा कोब्राण्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा बैंकका ग्राहकले पाउनेछन् ।

यसको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुटसहित अन्य सुविधा उपलब्ध हुने गरी बैंक र एयरलाइन्सबीच समझदारी भएको हो । यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्स भुक्तानी गरी एयरलाइन्सका टिकट काट्दा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्नेछन् ।

यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दासमेत छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेबापत देशभरका विभिन्न होटल, रेस्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा प्राप्त गर्न सक्नेछन् ।