गौरा पर्वमा नाराबाजी गर्नु उपयुक्त थिएन : गृहमन्त्री लेखक

गौरा पर्वमा नाराबाजी गर्नु उपयुक्त थिएन : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा विरोध गर्न पाइने तर अरुलाई बिथोल्न नमिल्ने बताएका छन् ।

शुक्रबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरुसँग भएको अन्तर्क्रियामा उनलाई पत्रकारहरुले गौरा पर्वमा टुँडिखेलमा नाराबाजी गर्नेहरुलाई मुद्दा लगाएको बारे प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री लेखकले भने, ‘लोकतन्त्रको सुन्दरता भनेकै बोल्न पाउने, विरोध गर्न पाउने हो । विरोध कहाँ गर्ने, कस्तो अवस्थामा गर्ने भन्ने कुरा पनि बुझ्नुपर्छ ।’

गौरा पर्वजस्तो सांस्कृतिक कार्यक्रममा नाराबाजी कार्यक्रम नै बिथोल्न खोज्नु राम्रो नभएको उनको भनाइ छ । ‘कुनै राजनैतिक पार्टीले गरेको वा त्यो कुनै विरोध कार्यक्रम होइन । सांस्कृतिक कार्यक्रममा नाराबाजी गरेर बिथोल्न खोज्नु उपयुक्त पनि होइन’, मन्त्री लेखकले भने ।