कांग्रेस पदाधिकारी बैठक बस्दै, महामन्त्रीद्वयका प्रतिवेदनमा छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै, महामन्त्रीद्वयका प्रतिवेदनमा छलफल हुने


काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ ।

बैठकका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुलाई बोलाइएको छ । आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुनेछ ।

महासमिति बैठकमा राखिएको महामन्त्री थापाको प्रस्तावमा कांग्रेसले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र रूखमा भोट हाल्न पाउने ग्यारेन्टी तथा अर्का महामन्त्री शर्माको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटकसम्म सांसद बन्न पाउने प्रस्तावमा सभापति देउवाले परिमार्जन चाहेका छन् ।

महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ ।

सभापति देउवा चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा छन् । महामन्त्रीद्वय आफ्नो अडानबाट पछि नहटेपछि आज पदाधिकारी बैठक बोलाइएको हो ।