असोज ३ देखि धरहरा चढ्न पाइने

असोज ३ देखि धरहरा चढ्न पाइने


काठमाडौं – सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तयारी गरेको छ । तीन वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा सहरी विकास मन्त्रालयले बल्ल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

मन्त्रालयले ३ असोजबाट सर्वसाधारणका लागि प्रवेश खुला गर्ने निर्णयसँगै धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले पनि बाँकी काम सक्न तीव्रता दिएको छ । रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर दीपक सिंहका अनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम भइरहेको छ ।

धरहरा सञ्चालनमा ल्याउन प्रधानमन्त्री ओलीले नै चासो दिएका छन् । उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेपछि प्रधानमन्त्री ओलीले १४ साउनमा मन्त्री तथा सचिवहरूलाई धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन नै दिएका थिए ।