महिला लिगमा कोशीको लगातार दोस्रो जित

महिला लिगमा कोशीको लगातार दोस्रो जित


काठमाडौँ – कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले बागमती युथ क्लब विरुद्ध २-१ को पुनरागमन जित निकालेको हो ।

खेलको २६ औँ मिनेटमा विष्णुमायाले गोल गर्दै बागमती युथ क्लबलाई अग्रता दिलाएकी थिइन् । तर तीन मिनेटपछि नै कोशीका लागि समीक्षा मगरले बराबरी गोल फर्काइन् ।५४ औँ मिनेटमा बागमतीकी दिव्या यसमाली मगरले आत्मघाती गोल गरेपछि कोशीले २-१ को अग्रता बनायो ।

प्रतीक्षा राईको प्रहार मगरलाई ठोक्किएर आफ्नै पोष्टमा गोल भएको हो । त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन सकेन । लगातार दुई जितपछि ६ अंक जोडेर कोशी शीर्ष स्थानमा छ । कोशीले पहिलो खेलमा वालिङ नगरपालिकालाई ४-० ले पराजित गरेको थियो । बागमतीको भने यो पहिलो हार हो ।