एनपीएलको फ्रेन्चाइज दाबी गरेका ४ वटा कम्पनी बिडिङमा गएनन्

एनपीएलको फ्रेन्चाइज दाबी गरेका ४ वटा कम्पनी बिडिङमा गएनन्


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज खरिदका लागि भएको बिडिङमा आवेदकमध्ये ४ वटा कम्पनी सहभागी भएनन् ।

स्रोतका अनुसार १३ वटा कम्पनीमध्ये ९ वटा मात्र बिडिङमा सहभागी भएका छन्। आईएमई, भाटभटेनी, केडियासहित ४ वटा कम्पनीले बिडिङमा सहभागिता नजनाएको बुझिएको छ ।

नेपाल क्रिकेट संघ–क्यानले आवदेकमध्येबाट सर्टलिष्ट गरेर १३ कम्पनी छनोट गरेको थियो । स्रोतका अनुसार ८ फ्रेन्चाइजका मालिकको टुंगो लागिसकेको छ । क्यानले केहीबेरमा त्यसबारे सार्वजनिक गर्ने बुझिएको छ ।