अर्थमन्त्री पौडेल र परराष्ट्रमन्त्री राणासहित प्रधानमन्त्री ओली अमेरिका जाने

अर्थमन्त्री पौडेल र परराष्ट्रमन्त्री राणासहित प्रधानमन्त्री ओली अमेरिका जाने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओली सहित उपप्रधान एवम अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र परराष्ट्रमन्त्री आरजु राणाको अमेरिका भ्रमण स्वीकृत भएको एक मन्त्रीले जानकारी दिए ।

ओली प्रधानमन्त्री नियुक्त भएसकेपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको पत्नी राधिका शाक्य पनि भ्रमण टोलीमा सहभागि हुनेगरी मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गरेको छ ।