अन्तिम अभ्यास खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्दै

अन्तिम अभ्यास खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्दै


काठमाण्डाै – श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस हारेकाे छ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडका कप्तानले टस जितेर बलिङ राेजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएकाे छ । आजकाे खेलमा नेपालकाे कप्तानी साेमपाल कामीले गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको पहिलाे तथा दोस्रो अभ्यास खेल वर्षाका कारण टस पनि नभई रद्द भएकाे थियाे ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलङ्का गएको हो । लिग–२ मा नेपालले यही सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै ओमानसँग खेल्नेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै स्कटल्यान्डसँग खेल्नेछ ।