त्रिकोणात्मक ओडीआई सिरिजको तालिका सार्वजनिक, नेपालको खेल कहिले ?

त्रिकोणात्मक ओडीआई सिरिजको तालिका सार्वजनिक, नेपालको खेल कहिले ?


Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप लिग टुअन्तर्गत क्यानडामा आयोजना हुने त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । उक्त सिरिजमा नेपाल, क्यानडा र ओमानबीच खेल हुन लागेको हो ।

उक्त तालिकाअनुसार पहिलो खेल नेपाल र क्यानडाबीच हुने क्यानले जनाएको छ । १६ सेप्टेम्बरमा हुने पहिलो खेलमा नेपाल आयोजक क्यानडाविरुद्ध मैदानमा उत्रनेछ । त्यस्तै १८ सेप्टेम्बरमा नेपालले ओमानको सामना गर्नेछ ।

२२ सेप्टेम्बरमा पुनः नेपाल र क्यानडाबीच खेल हुनेछ भने २४ सेप्टेम्बरमा ओमान र नेपालबीचको खेल हुनेछ ।

ओडीआई सिरिज सकिएको २ दिनपछि तीनवटै टोलीबीच टी-२० अन्तर्राष्टंरिय सिरिज हुने भएको छ । टी २० आईमा पनि नेपालले घरेलु टोली क्यानडाको सामना गर्नेछ ।