सरकारी कार्यालयमा टीएमएस नचल्ने

सरकारी कार्यालयमा टीएमएस नचल्ने


काठमाडौं – सरकारले सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयलाई पत्र पठाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले टीएमएस नचल्ने व्यवस्था गर्न भनेको हो । साथै सरकारले स्थानीय तहमा पनि टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न अनुरोध गरेको थियो । सोही आधारमा टीएमएस नचल्ने व्यवस्था गर्न भनिएकाे हो ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा टीएमस नचलाउने व्यवस्था सम्बन्धमा नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यालय समयमा टीएमस नचलाउने व्यवस्था गर्न र सो समयमा टीएमस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रमा उल्लेख छ ।

सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गरेसँगै अब सो समयमा कर्मचारीहरूले सेयर कारोबार गर्न पाउने छैनन् ।