झण्डै दुई महिनाको अवधिमा राष्ट्र बैंकले खिच्यो ५ खर्ब रुपैयाँ

झण्डै दुई महिनाको अवधिमा राष्ट्र बैंकले खिच्यो ५ खर्ब रुपैयाँ


नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिचेको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोल उपकरणमार्फत २१ दिनको लागि ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । तरलता प्रवाह बढ्दै जादाँ राष्ट्र बैंकले धमाधम बजारबाट पैसा उठाइरहेको छ ।

यस्तै, अपेक्षा गरेअनुरुप कर्जा विस्तार नभएपछि बैंकहरुले ऋण तथा निक्षेपको ब्याजदर घटिरहेको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ यता ४ सय ९० अर्ब रुपैयाँ बजारबाट खिचेको छ । राष्ट्र बैंकले साउन २ गते बैंकिङ प्रणालीबाट ५० अर्ब रूपैयाँ खिचेको थियो ।

त्यस्तै, राष्ट्र बैंकमार्फत साउन ९ गते ४० अर्ब रुपैयाँ खिचेको थियो । बैंकले निक्षेप संकलन उपकरणमार्फत् साउन ९ गतेदेखि साउन ३० गतेसम्मका लागि ४० अर्ब रूपैयाँ तानेको हो । त्यसैगरी, बैंकले साउन १६ गते ४० अर्ब रुपैयाँ वाणिज्य बैंकहरुबाट खिचेको थियो । बैंकले साउन १६ गतेदेखि भदौ ५ गतेसम्मका लागि ४० अर्ब रूपैयाँ तानेको थियो ।

त्यसैगरी, सरकारले राष्ट्र बैंकमार्फत साउन २३ गते ४० अर्ब रुपैयाँ, भदौ २ गते १ सय अर्ब रुपैयाँ, भदौ १२ गते ४० अर्ब रुपैयाँ, भदौ १९ गते ४० अर्ब रुपैयाँ र भदौ २३ गते १ सय अर्ब रूपैयाँ बजारबाट तानेको छ । निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछ ।