पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ


काठमाडौँ- प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ।

बिहीबार पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको प्रहरीले जनाएको छ।

गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कील जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठले आफूलाई स्वास्थ्यमन्त्री बनाउन पार्टीको कोर टिमले तीन करोड रुपैयाँ मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको सम्बाद बाहिरिएपछि विवादमा परेका थिए। उनलाई पछि पार्टीले कारबाही गरी हटाएको थियो।