काठमाडौँ – नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
आजको बैठकमा वार्षिक कार्ययोजना र तत्कालीन संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माण मुख्य एजेन्डामा केन्द्रित रहेर बैठकमा छलफल हुनेछ।
सचिवालयबाट वार्षिक कार्ययोजना पारित गरी मिसन ०८४ लक्षित संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने एमालेको तयारी छ।
यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।
प्रतिक्रिया