नेपालले लिग-२ अघि क्यानडामा एक अभ्यास खेल खेल्ने

नेपालले लिग-२ अघि क्यानडामा एक अभ्यास खेल खेल्ने


Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौँ- नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने पक्का भएको छ । नेपाली क्रिकेट टोलीले क्यानडा डेभलपमेन्ट टोलीसँग पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

उक्त खेल शनिबार राती ७:४५ मा प्रतिस्पर्धा गर्नेछ । क्यानडा टोलीमा नपरेका अन्य उत्कृष्ट खेलाडीहरूले उक्त खेल खेल्ने बुझिएको छ ।नेपाली टोली मंगलबार राती क्यानडा गएको थियो । लिग-२ मा नेपाल, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल लिग–२ मा क्यानडासँग १६ सेप्टेम्बरमा खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।

त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

क्यानको वार्षिक क्यालेन्डर अनुसार सेप्टेम्बरमा क्यानडासँग दुई ओडिआई खेलको सिरिज खेल्ने तालिका छ । तर हालसम्म भने उक्त सिरिज खेल्ने टुङ्गो भएको छैन । क्यानका अनुसार उक्त विषयमा छलफल भएपनि कुन टोलीसँग खेल्ने त्यो भने टुङ्गो लाग्न बाँकी छ । नेपालले उक्त सिरिज खेलेर अमेरिका जानेछ ।

नेपाल,अमेरिका र स्कटल्यान्डबीच लिग-२ मा प्रेरिरी भ्यु ह्युस्टनमा अर्को महिना हुनेछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच टी-२० सिरिज हुनेछ ।

२०२६ डिसेम्बरसम्म चल्ने लिग-२ मा नेपाल ४ खेलमा १ मा जितसहित सातौँ स्थानमा छ । आठ टोली सहभागी लिग(२ का शीर्ष चार टोलीले सोझै एक दिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । शीर्ष चारमा पर्न नसक्नेले प्लेअफ खेल्नुपर्ने हुन्छ ।