नेप्सेमा सूचिकृत कम्पनीले असोज मसान्तभित्र नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्ने

नेप्सेमा सूचिकृत कम्पनीले असोज मसान्तभित्र नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्ने


काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन निर्देशन दिएको छ । आर्थिक वर्ष २०८१–०८२ को धितोपत्र शुल्क बुझाउनु बाँकी कम्पनीलाई नेप्सेले निर्देशन दिएको हो । तोकिएको समय नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्ने नेप्सेले जनाएको छ ।

नेप्सेको अनुसार ५० करोडसम्मको चुक्ता पुँजी भएको कम्पनीले ५० हजार रुपैयाँ तोकेको छ भने ५० करोड भन्दा बढी चुक्ता पुँजी भएका कम्पले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ ।

त्यस्तै, ऋणपत्र-डिभेन्चर र सामूहिक लगानी कोष (म्युचुअल फण्ड)को ५० करोड रुपैयाँ चुक्ता पुँजी भएकाले २५ हजार रुपैयाँ र ५० करोड भन्दा बढी पुँजी भएकाले ५० हजार रुपैयाँ नवीकरण शुल्क लाग्ने नेप्सेले जनाएको छ ।

उक्त शुल्क नेप्सेको ग्लोबल आईएमइ बैंक कमलादीमा भएको खातामा बुझाउनुपर्ने छ ।