काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत सोमबार २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निरन्तर तरलता खिचिरेहको छ ।
आइतबार १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गरेको केन्द्रीय बैंकले सोमबार पनि ५० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । सावाँ तथा ब्याज भुक्तानी २१ असोजमा हुनेछ ।
केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
स्थायी निक्षेप सुविधाको शर्त केही कडा भएकोले बैंकहरूले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमा लगानी गर्दै आएका छन् ।
प्रतिक्रिया