आफ्ना कुरा राखेर संसद अवरोध हटाउँछौं : हितराज पाण्डे

आफ्ना कुरा राखेर संसद अवरोध हटाउँछौं : हितराज पाण्डे


काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबारको प्रतिनिधि सभा बैठक सञ्चालन हुन दिने भएको छ ।

‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्नेमा छौं । तर प्रधानमन्त्री विदेश भ्रमणमा जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौ’ माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने ।

उनका अनुसार माओवादीले आफ्नो कुरा राखेर संसद अवरोध हटाउने छ । ‘हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौं’, पाण्डेले भने ।