न्यूनतम साझा कार्यक्रम : संविधान संशोधन र युवा साझेदारी कार्यक्रममा जोड

न्यूनतम साझा कार्यक्रम : संविधान संशोधन र युवा साझेदारी कार्यक्रममा जोड


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारिएको बताएका छन् । बुधबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुझाइसकेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

महामन्त्री थापाले प्रधानमन्त्रीलाई मस्यौदा बुझाइएको र मन्त्रीपरिषद्ले पारित गरेसँगै सार्वजनिक हुने बताए । उनले सरकार बनाउँदा काँग्रेस र नेकपा एमालेबिचमा भएको सात बुँदे सहमतिको आधारमा कार्यक्रम बनाइएको बताए । उनले यो साझा कार्यक्रम नभई दुई वटा राजनीतिक दलहरूको साझा संकल्प र नीतिगत प्रतिबद्धता रहेको बताए । उनले छिमेकी देशहरूसँगको सम्बन्ध, आ-आफ्ना पार्टीका प्राथमिकताहरू जोड दिइएको बताए ।

महामन्त्री थापाले संविधान निर्माण गर्ने मुख्य शक्ति नै काँग्रेस र एमाले भएकाले संविधान जोगाउने जिम्मेवारी सबैभन्दा ठुलो आफूहरूकै रहेको बताए । उनले संविधान थप सुदृढ बनाउने गरी संशोधन गर्ने कुरा पनि कार्यक्रममा रहेको बताए । संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी प्रणाली झनै मजबुत बनाउनको लागि अनुभवको वस्तुनिष्ठ समीक्षा गरेर परिमार्जन हुने कुरा उल्लेख गरिएको बताए ।