कर्णाली प्रदेशका डीआईजी अर्जुन चन्द हेडक्वार्टर फिर्ता

कर्णाली प्रदेशका डीआईजी अर्जुन चन्द हेडक्वार्टर फिर्ता


काठमाडौँ । प्रदेश प्रहरी कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । उनलाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।

गृहमन्त्री रमेश लेखकले कर्णालीमा डीआईजी जनक भट्टराईलाई पठाउने निर्णय गरेका छन् । भट्टराई प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

डीआईजी चन्दले मादक पदार्थ सेवन गरेर गैरजिम्मेवार क्रियाकलाप गरेको र संगठनको बदनाम गरेको हुनाले उनलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिए ।