एन्फा महिला लिगमा आज दुई खेल हुँदै

एन्फा महिला लिगमा आज दुई खेल हुँदै


काठमाडौं– एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका तथा संकटा क्लब र बागमती युवा क्लबबीच खेल हुनेछ ।

आज पहिलो खेलमा आर्मी र वालिङबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

लिगमा आर्मी सात खेलबाट १६ अंकसहित दोस्रो स्थानमा रहेको छ । आर्मीले दोस्रो चरणको यात्रा सुनिश्चित गरिसकेको छ भने १२ अंकसहित चौथो स्थानमा रहेको वालिङ शीर्ष पाँचमा स्थान सुरक्षित गर्ने योजनामा छ ।

यस्तै, संकटा क्लब र बागमती युवा क्लबबीचको खेल सोही मैदानमा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

जारी लिगमा संकटाको आठ र बागमतीको सात अंक छ । दुवै टोली शीर्ष पाँचमा भित्रिने योजनामा छन् । लिगका पाँच टोली दोस्रो चरणमा जानेछन् । दोस्रो चरणमा पाँच टोलीबीच डबल राउन्ड रोबिन लिग हुनेछ ।