पत्रकार विपुल पोख्रेलको गीत ‘बोल मन खोल’ सार्वजनिक (भिडियो)

पत्रकार विपुल पोख्रेलको गीत ‘बोल मन खोल’ सार्वजनिक (भिडियो)


काठमाडौं। पत्रकार विपुल पोख्रेलले आफ्नै शब्द रचनामा नयाँ गीत सार्वजनिक गरेका छन् पोख्रेलको शब्द रचनामा रहेको ‘बोल मन खोल’ बोलको गीतमा सञ्चारकर्मी समेत रहेका देवेन्द्र बस्नेतको स्वर रहेको छ भने सन्तोष श्रेष्ठले सङ्गीत रहेको छ । यसअघि पनि पोख्रेलले आधा दर्जन गीतमा शब्दहरू लेखिसकेका छन् । “म आफैँमा व्यावसायिक गीतकार त होइन, कहिलेकाहीँ लेख्ने गर्छु।

आफूलाई फुर्सदको गीतकारका रूपमा लिन्छु,” पोख्रेलले भने, “यो आफ्नो रहर पनि होला र नयाँ प्रतिभाहरूलाई अवसर पनि सिर्जना गर्ने हिसाबले गीतहरू लेख्दै आएको छु ।” तीन दशकयता दाङबाट पत्रकारिता गर्दै आएका पोख्रेल नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष पनि हुन् ।

भिडियो :