काठमाडौँ । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र मालदिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच भेटवार्ता भएको छ ।
मन्त्री पौडेल इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरूको १२औँ उच्चस्तरीय बैठक तथा पाँचौँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा इन्डोनेसिया पुगेका छन् । इन्डोनेसिया भएको भेटमा उनीहरूबिच नेपाल र मालदिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ
प्रतिक्रिया