एक महिनामा भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

एक महिनामा भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मा एक खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत वर्षको साउन महिनाको तुलनामा यो वर्षको साउनमा रेमिट्यान्स १८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८/८१ को पहिलो महिनामा एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । पछिल्लो २० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ ।

आवको पहिलो महिना वैदेशिक रोजगारीमा जानेको संख्यामा ७.१९ प्रतिशतले बढेको छ । गत आवको पहिलो महिनामा भने ५५ हजार पाँच सय ७५ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ५९ हजार पाँच सय ७५ जनाले यस्तो स्वीकृति लिएका छन् ।