म सदनको सिंह भएर निस्केको छुः प्रचण्ड

म सदनको सिंह भएर निस्केको छुः प्रचण्ड


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सदनको सिंह भएर निस्किएको दाबी गरेका छन्।

पार्टीनिकट अखिल क्रान्तिकारीको २३औं सम्मेलनलाई त्रिविको हलमा सम्बोधनका क्रममा उनले विहीबार भने,‘तपाईहरु सडकको बाघ र म सदनको सिंह हो।’

भ्रष्टाचारको फाइल खोल्न थालेपछि कांग्रेस र एमाले मिलेर आफ्नो सरकार ढालेको बताएका उनले केही दिनमा नै यो समीकरण समेत भत्किन सक्ने दाबी गरे।

‘हामी सडकमा जनताको तागतले दुई तिहाईको सरकारको प्रतिवाद गर्न सक्छौं’, प्रचण्डले भने,‘हिजो जनयुद्धमा हामीलाई घेरा हालिएको हो, हामीले जित्यौं। अब पनि जित्छौं।’