विश्वकप लिग–२ : लगातार ६ खेल हारेको नामिबियाले युएईलाई हरायो

विश्वकप लिग–२ : लगातार ६ खेल हारेको नामिबियाले युएईलाई हरायो


काठमाडौं – नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईमाथि जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा नामिबियाले युएईलाई ८ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १९१ रनको लक्ष्य पछाएको नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएई ४३.२ ओभरमा अल आउट हुदै १९० रन मात्र बनाएको थियो ।

नामिबियाले एकदिवसीय क्रिकेटमा लगातार ६ हारपछि पहिलो जित हासिल गरेको छ । यो जितपछि लिग–२ मा नामिबियाको १२ खेलमा १० अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

त्यसैगरी युएईको भने लिग–२ मा यो छैटौं हार हो । युएईको ७ खेलमा २ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।