चितवनको पन्ध्रकिलोमा ठोकियो १६ जना सवार माइक्रो बस ट्यांकरसँग

चितवनको पन्ध्रकिलोमा ठोकियो १६ जना सवार माइक्रो बस ट्यांकरसँग


चितवन ।  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किएका छन्।
गएराति मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर आपसमा ठोक्किदा माइक्रोमा सवार १६ जना घाइते भएका हुन्।

ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपाकिलाका -१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको प्रहरीले बिकासटाइम्सलाई बताएको छ ।