एसिया रग्बीका अध्यक्ष नेपाल आउँदै

एसिया रग्बीका अध्यक्ष नेपाल आउँदै


काठमाडौँ । एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आउने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही असोज १८ र १९ गते हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया इमिरेट्स सेभेन्स ट्रफी–२०२४ का लागि रग्बीका अध्यक्ष धलाई नेपाल आउन लागेका हुन् ।

उनी फ्लाई दुबई मार्फत १८ गते बिहान नेपाल आइपुग्ने छन् । प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । यस प्रतियोगिताका लागि नेपालले पछिल्लो ३ महिनादेखि पोखरामा तयारी गरिरहेको छ ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रूपमा समेत रहको छ ।

काठमाडौँमा हुने एसिया रग्बी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् । जसले गर्दा यो प्रतियोगिता अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।