पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् । निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेका उनको सचिवालयले जानकारी दिएको छ ।

संवाद सचिवालयको सचिव डा.फणीन्द्र पाठकले आगामी हप्ता शाह भुटान जान लागेको जानकारी दिएका छन् । उनको भ्रमणबारे थप विवरण भने खुलाइएको छैन ।