वर्षाले रोकेन बारको विरोधलाई, न्यायपरिषद् बैठक चलिरहँदा छाता ओढेर प्रदर्शन

वर्षाले रोकेन बारको विरोधलाई, न्यायपरिषद् बैठक चलिरहँदा छाता ओढेर प्रदर्शन


काठमाडौँ । न्याय परिषद् नियमावली खारेजीको माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि विरोध प्रदर्शन गरेको छ ।

सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा न्यायपरिषद् बैठक बसिरहेका बेला बारले विरोध प्रदर्शन गरेको हो । सचिवालयभित्र परिषद् बैठक बसिरहँदा बाहिर प्रवेशद्वार अगाडि बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।

न्यायपरिषद्को संशोधित नियमावली खारेज गर्नुपर्ने, घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै बारले प्रदर्शन गरेको हो ।

असोज २० गते प्रधानन्यायाधीश श्रेष्ठ सेवानिवृत हुँदै छन् । अवकाशमा जाने बेलामा न्यायाधीश सिफारिस गरिछाड्ने प्रधानन्यायाधीश श्रेष्ठको अडान सम्बन्धमा नेपाल बार अध्यक्ष घिमिरेले गम्भीर प्रश्न उठाएका छन् । यसअघि हिजो पनि बारले विरोध प्रदर्शन गरेको थियो ।