सडक अवरुद्धका कारण हवाई टिकट पनि पाउनै मुस्किल

सडक अवरुद्धका कारण हवाई टिकट पनि पाउनै मुस्किल


काठमाडौं– देश भरी आएको बाढी पहिरोका कारण सडक यातायात अवरुद्ध बनेपछि हवाई टिकट पनि नपाइने अवस्था बनेको छ । हवाई टिकटको बुकिङ बढेपछि अधिकांश उडानको आज र भोलिको टिकट नपाइने अवस्था देखिएको हो ।

सम्बन्धित कम्पनी तथा विभिन्न वालेट एपहरूबाट हवाई उडानको टिकट बुकिङ गर्न सकिनेमा काठमाडौंबाट कतिपय स्थानसम्म हुने आन्तरिक उडानमा आइतबार र सोमबारलाई टिकट पूर्णरूपमा बुकिङ भइसकेकाले टिकट नपाइने अवस्था देखिएको छ । काठमाडौंबाट भरतपुर, जनकपुर र धनगढीसम्मको लागि आज र भोलिको हवाई टिकट पूर्णरूपमा बुकिङ भैसकेका छन् ।

त्यस्तै, यो समाचार तयार पार्दासम्म काठमाडौंबाट भैरहवा, विराटनगर, पोखरा र नेपालगञ्जको लागि सोमबारको लागि मात्रै सीमित टिकट उपलब्ध भएको पाइएको छ ।

दशैंको मुखमा नै आएको बाढी पहिरोले सम्पूर्ण सडकमा क्षति पुगेपछि मानिसहरूले राजधानीबाट बाहिर जान यातायातका साधन प्राप्त गर्न मुस्किल हुँदै गएको देखिएको छ ।